Sunday, March 30, 2008

नया बर्ष २०६५ को हार्दिक मंगलामये सुभकामना . केदार.खड़का@सुईस.नेट

देस माँ नया बर्ष आइसकेको छ। संधई जसो यो चांडाइ आइपुगेको महसूस भैरहेको छ, येधपी हमिले तत्काल एक बर्ष गुजारिसकेका छू। यो बर्ष देश ले सम्बिधान सभा का लागि निर्बाचन द्वारा तैयार परेर रहने छ।
हामी नेपाली हरु ले खुसी साथ रहन पाउने आसा गर्न सक्छौ। सम्भबता सचेत नेपाली नागरिक हरु द्वान्दात्मक स्थिति थप्ना का लागी अग्रसर भईरहने छैनन। सबै को पहल द्वंदा घटाउना माँ नै केंद्रित रहने छ।

एस अबसार माँ सम्पूर्ण दाज़ुभाई दीदी बहिनी एबं सम्पूर्ण देस बिदेस माँ रहनु हुने साथिहरू माँ नया बर्ष २०६५ को हार्दिक मंगलमय सुभाकामाना बेक्ता गर्न चाहन्छू।

केदार बहादुर
पोस्ट बक्स नंबर १२८५७,
काठमांडू, नेपाल।

.खड़का@सुईस.नेट

Sunday, March 16, 2008

KHATAR TARKARI BY GORKHAPATRA

तरकारीमा मूत्यु [ 2064-12-2 ]

विपना पुरी/सदिक्षा लम्साल
तपाईंले खाइरहनु भएको तरकारीले कतै स्वास्थ्यलाई हानि त गरिरहेको छैन - हामीले खाने ९० प्रतिशत तरकारीहरूमा किट्नासक औषधि र रासायनिक मलको प्रयोग गरिएको बताइन्छ । कालीमाटीस्थित ग्रीष्मा बिज भण्डारका मनोज के.सीका अनुसार साइपरम्यार्टस (cypermatrius_) मोहोपल्टोफस (mohopltophus_) दिनहुँ बिक्री हुने किटनासक औषधि हुन् । ओरग्यानो क्लोरिन कम्पाउण्ड डि.डि.टि (organoochlorine compound DDT) ओरग्यानो फोसफोरस कम्पाउण्ड (organophospharus compound) जस्ता विषादी पनि तरकारीमा प्रयोग गरिने उहाँको भनाइ छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. महेन्द्रबहादुर विष्ट भन्छन्­­- "यस्ता किटनासक प्रयोग गरिएको तरकारी खानाले टाउको दुख्ने, रिङ्गटा लाग्ने, जण्डिसलगायतका कलेजोको रोग 'रक्तचाप' हृदयघाट तथा मानिसको मृत्युसमेत हुनसक्छ ।

कीटनासक औषधि तथा रासायनिक मल प्रयोग गरिएको तरकारी एकहप्तादेखि एक्काइस दिनसम्म खान नहुने कुरा ग्रीष्मा बिज भण्डारका मनोज के.सी. बताउँछन् । "एक्काइस दिनसम्म पर्खंदा तरकारी कुहिने डरले पनि एक्काइस दिन हुन नपाउँदै तरकारी बेच्न ल्याउनर्ुपर्छ ।" । कृषक मीरा थापाले बताइन् । यस्ता कीटनासकयुक्त तरकारीले मानव स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने भएकोले अहिले प्राङ्गारिक तरकारी खेती गर्ने क्रम बढ्दै छ । ललितपुरको टौखेलस्थित प|mेस फार्ममा एकवर्षेखि प्राङ्गारिक खेती भइरहेको छ ।

प्राङ्गारिक खेती भनेको रासायनिक मल तथा विषादिरहित खेती हो । बाह्र रोपनी जग्गामा गरिएको उक्त तरकारी खेतीमा अरग्यानिक (organic) मल र जैविक विषादीको मात्र प्रयोग गरिन्छ । NAARC,वागवानी अनुसन्धान महाशाखाका प्राविधिक अधिकृत नवीनगोपाल प्रधान र गोविन्द श्रेष्ठको संयुक्त पहलमा सञ्चालित प|mेस र्फमको रजिस्टर हुन सकेको छैन । यस्ता र्फमको रजिस्टार गर्ने ठाउँ नै नभएको र कुनै कानुन पनि नभएकोले रजिष्टर हुन नसकेको प्रधानले बताए ।

पेस र्फममा मौसमी र बेमौसमी गरेर गाजर, रायो, पालुङ्गो, चमसुर, मेथी, जुकुनी फर्सी सिमी, बोडी, सिम साग आदि तरकारी उत्पादन गर्ने गरिन्छ । प्राङ्गारिक प्रविधिले फलाएको तरकारीको रङ्ग र स्वादमा पनि फरक हुन्छ । स्वास्थ्यका हिसावले यस्ता तरकारी लाभदायक भए पनि अझै यस्ता तरकारीले बजार लिन सकेको छैन र रासायनिक मल र कीटनासक प्रयोग भएको तरकारी भन्दा अलि महङ्गो हुने भएकोले पनि मानिसहरू स्वास्थ्यभन्दा सस्तो हर्ेछन्, त्यसैले बजार लिन गाह्रो छ ।" प्रधान भन्दछन् ।

यस्ता तरकारीहरू रासायनिक मल र कीटनासक औषधिको प्रयोग शून्य हुन्छ । तरकारीलाई किराबाट बचाउन बीउदेखि नै उपचार गरिन्छ । यदि किराहरू अन्य रोग तरकारीमा लागिहालेको खण्डमा जैविक विषादीको प्रयोग गन्छि । जापनिज प्रविधिको सुटोचु, निम झोल, ट्राइको डरमा, सिउडो मोनास आदिजस्ता औषधिको प्रयोग प्राङ्गारिक खेतीमा हुन्छ । यति हुँदाहुँदै पनि प्राङ्गारिक खेतीले बजार भाउ पाउन सकेको छैन । लगानी बढी भएकाले बजार भाउ बढी हुन्छ तर मानिसहरू सस्तैमा झुमिन्छन् । सीप र प्रविधि हुँदाहुँदै पनि बजार भने छैन ।

यस कारण प|mेस फार्मका तरकारीहरूले बजार पाएका छैनन् । यहाँ उत्पादन भएका तरकारीहरु अरग्यानिक भिलेज बालुवाटार र प्रकृति डिपार्टमेन्टल स्टोर सानेपामा बिक्री हुन्छन् । अब प्रधान आफ्नै स्टोर खोल्ने विचारमा हुनुहुन्छ । यस किसिमको खेतीमा लगानी जोखिम मिहेनत बढी पर्छ । आफ्नै लगानीमा चलाएको हुनाले कहिले काहीँ हावाले सबै तरकारी छोपेको प्लासटिक उडाउने, बारह भत्काउने फाइदा नभएकोले कर्मचारीलाई पनि तलब दिन गाह्रो भइरहेको कुरा प्रधानले बताए । "कति मानिसहरुले त मलाई गिज्याउछन्" उनले भने ।

अहिले बजार नपाए पनि दुइ-चार वर्षछि अवश्य यस प्राङ्गारिक खेतीको बजार पाउनेछ भन्ने कुरामा उनी विश्वस्त छन् । प्राङ्गारिक खेति प|mेस र्फममा मात्र नभएर साँखु र अन्य केही ठाउँमा पनि छ । बागवानीकै तीन जना कर्मचारीका साथ जाउलाखेल स्थित "होस्टे हैँसे" भन्ने संस्थाले साँखुमा 'स्कुल टु होम' भन्ने कार्यक्रम सञ्चालन गरेको थियो । यसमा त्यहाँका स्कुले बालबालिका तथा कृषकलाई प्राङ्गारिक खेतीको बारेमा तालिम दिइएको बताइन्छ ।

BY GORAKHA PATRA

चीन विरोधी प्रदर्शनकारीलाई भोलिसम्मको समयसीमा [ 2064-12-3 ]

एपी/बीबीसी
ल्हासा, चैत २ गते । चीनविरुद्ध प्रदर्शन गरिरहेकाहरूलाई तिब्बत सरकारले सोमबारसम्ममा आत्मर्समर्पण गर्न समय तोकेको छ । सोमबार मध्यरातसम्म प्रशासनसमक्ष आत्मर्समर्पण गर्नेहरूमाथि सरकारले नरमपन अख्तियार गर्ने सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन् । बौद्ध भिक्षुहरूले गत सोमबारदेखि यहाँ गरेको चीन विरोधी प्रदर्शनले हिंसात्मक रूप लिएपछि १० जनाको ज्यान गइसकेको छ ।

तिब्बत सरकारले पृथकतावादीहरूको षड्यन्त्र सफल नहुने उल्लेख गर्दै स्थितिलाई नियन्त्रण बाहिर जान नदिने दाबी गरेको छ । शुक्रबार यहाँ भएको गोलि काण्डमा स्थानीय व्यापारीको समेत मृत्यु भएको सरकारी समाचार समिति सिन्हवाले जनाएको छ । केही व्यापारीलाई ज्यूदै जलाइएको प्रत्यक्षदर्शीहरूको भनाई उद्धृत गर्दै सञ्चार माध्यमहरूले जनाएका छन् ।

बेइजिङले उक्त घटनाको निन्दा गर्दै त्यसको जिम्मेवार धार्मिक नेता दलाई लामा भएको आरोपसमेत लगाएको छ । ल्हासामा भएको हिंसात्मक घटनाप्रति पश्चिमी मुलुकहरूले चिन्ता व्यक्त गरेका छन् भने अमेरिकाले संयमतापर्ूवक काम गर्न चीन सरकारसँग आग्रह गरेको छ ।

BY EKANTIPUR

KRISHNA BAHADUR KHADKA & MAN KUMARI KHADKA ---------------->
BAI EELEKTRONIC कांतिपुर!
ऋण खोजेर नेपाल फर्किंदैशिवराज गौतमदोहा, रामेछापका देवबहादुर कार्की र भोजपुरका बलबहादुर र्राई अहिले कतारको श्रम त्यागेर काठमाडौं फिरेका छन् । यी दुवैको कथा झन्डै मिल्दो पनि छ । रामेछाप ठोसे-३ का देवबहादुर गएको वर्षमार्च २९ मा कतार उत्रेका हुन्। करारनामामा पेन्टर भए पनि काम भने लेबरको पाए उनले । काठमाडौंको सिग्मा ओभरसिजबाट ६३ हजार रुपैंया“ खर्चेर यता आएका उनको करारनामामा मासिक तलब ७ सय ५० रियाल थियो । तर यहा“ उत्रनासाथ उनको तनखा ५ सय रियाल मासिकमा झर्‍यो । त्यसमाथि कम्पनीले प्रतिमाहिना भिसाको १ सय रियाल काट्ने र्सत जोडियो ।त्यस्तै कथा छ-२००६ को नोवेम्भर २१ मा दिल्लीको घुमाउरो बाटो ह“ुदै सिग्मा ओभरसिजबाटै आएका पाचा-३, भोजपुरका बलबहादुर र्राईको पनि । उनी पनि १५ महिनासम्म रोजगारीको संर्घष्ा गरेर रित्तोहात यो साता घर फिरेका छन् । ६३ हजार रुपैंया“ ऋणपान गरेर यता छिरेका उनीहरू दुवैले आफ्ना गाउ“घरका साथीभाइ, आफन्तजन, सहयोगीको भरथेगबाट आफैं टिकट काटेर घर फिरेका छन् ।कसरी घर जाने होला - आएको ऋणसम्म तिर्नै सकिएको छैन । सबैका आमा, ब्ााबा विदेश कमाउन गएको छोराछोरी घर फिर्दा, कमाएर फकर्ंदा खुसी हुन्छन् नै । 'के सोचेर आएका थियौं- के भयो - यहा“ बसेर सड्नुभन्दा आफ्नै गाउ“घरमा मेलापात, कुटो-कोदालो गरेर खानु ठीक छभनेर हामी फिरेका हौं,' रसिलाआ“खा पार्दै बलबहादुर र्राई भन्छन् । 'मेरो त घरमा अझ बिजोग छ । कसरी मुख देखाउने होला - साहुको ऋण नतिरी कसरी घर जाने - अब काठमाडौको कुनै सानोतिनो होटेलतिर भा“डा माझ्ने काम पाए नि गर्छर्ु देवबहादुर भन्दै थिए

Saturday, March 15, 2008

Thursday, March 13, 2008

http://kedar-ziri.blogspot.com

http://kedar-ziri.blogspot.com

GORAKHA PATRA

http://gorakhapatra.org.np/

http://www.nepalnews.com

http://www.nepalnews.com

http://www.mysansar.com/?p=460

BY GORAKHA PATRA
समानुपातिकतर्फा काङ्ग्रेस उम्मेदवारको नाम र्सार्वजनिक [ 2064-12-3 ]
गोरखापत्र समाचारदाताकाठमाडौँ, चैत २ गते । नेपाली काङ्ग्रेसले संविधानसभा सदस्य निर्वाचनमा पार्टी तर्फाट समानुपातिकतर्फनिर्वाचन आयोगमा पेस गरेका ३३५ जनाको नामावली शनिबार र्सार्वजनिक गरेको छ ।समानुपातिकतर्फनेपाली काङ्ग्रेसका सभापति एवं प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालगायत पार्टी अन्य नेताहरू रहनुभएको छ । २०४६ सालको जन आन्दोलनपछि भएको संसदीय निर्वाचनमा मोरङ र सुनसरी जिल्लाका दर्ुइवटा निर्वाचन क्षेत्रबाट उम्मेदवार भई विजयी हुँदै आउनुभएका कोइराला यस पटक प्रत्यक्षतर्फाट उम्मेदवार बन्नुभएन । समानुपातिकमा नाम पर्नुभएका नेताहरूमा बलदेव शर्मा मजगैया, लक्ष्मणप्रसाद घिमिरे, सुनीलकुमार भण्डारी, प्रदीप गिरी, पर्ूण्ाबहादुर खड्का, डा. मीनेन्द्रप्रसाद रिजाल, डा. प्रकाशशरण महत, जीप छिरिरुलामा शर्ेपा, मनमोहन भर्रुाईलगायत रहनुभएको छ । यसैगरी महिलाहरूमा उमा अधिकारी, मीना पाण्डे, महालक्ष्मी अर्याल उपाध्याय, अम्बिका बस्नेत, डा. आरजु राणा देउवा, लीला बोखिम, कान्ता रिजाल, निर्मला प्रर्साई, विष्णु दाहाल लिम्बू, गोमाकुमारी भट्टर्राईलगायत १६७ जना रहनुभएको छ ।पत्रकारहरूमा पुरुषोत्तम बस्नेत, हरिहर विरही, शोभाकर पराजुली, आनन्द सन्तोषी र्राईलगायत हुनुहुन्छ । चर्चित विद्यार्थी नेता गगन थापा, हरिबोल भट्टर्राई, राधेश्याम अधिकारी, श्रीहरि अर्याल, तर्ीथराम डङ्गोल, रूपक राजवंशी, विजय तुलाधर, दिवाकर गोल्छा, प्रतिमा गौतम, कल्याणी रिजाल, मञ्जु खाँण, विष्णुदेवी पुडासैनी, रमा गुरागार्इं, पुण्य वैद्य, राधा घले, कृष्णा अमात्य, धम्मावती गुरुङमा, बुद्धलक्ष्मी बजिमय, हर्रि्रभा श्रेष्ठ खड्गी, यमुना श्रेष्ठ, जीवन डङ्गोल, कौशर साह गरी २२ जना काठमाडौँ जिल्लाबाट समावेश हुनुभएको छ । सबै जातजाति, धर्म र सम्प्रदायका व्यक्ति समावेश गरिएको जनाइएको छ ।

http://www.mysansar.com/?p=160

By http://gorakhapatra.org.np

सचिवले अडान लिनसके ब्रि्रेका मन्त्री पनि सुध्रिने [ 2064-12-2 ]
गोपसकाठमाडौँ, चैत १ गते । शिक्षा तथा खेलकुदमन्त्री प्रदिप नेपालले मन्त्रालयका सचिवहरू बलिया भए मन्त्रीले बेथिति गर्ने आँट नगर्ने बताउनुभएको छ । प्रशासन बलियो भए प्रशासनिक संयन्त्र पनि बलियो हुने बताउँदै उहाँले प्रशासन राजनीतिबाट मुक्त हुनुपर्नेमा समेत जोड दिनुभयो । पत्रकार गोविन्द चौलागाईंद्वारा सम्पादित 'नेपाली प्रशासनले खोजेको नयाँ नेपाल' पुस्तकको शुक्रबार यहाँ र्सार्वजनिक गर्दै उहाँले सचिवहरूले अडान लिनसकेमा ब्रि्रेका मन्त्री पनि सुध्रने बताउनुभयो । सूचना तथा सञ्चार मन्त्रालयका सचिव युवराज पाण्डेले भोलिको प्रशासन कसरी अगाडि बढ्छ भन्ने मार्गचित्रका रूपमा सो पुस्तक आएको बताउनुभयो । सर्वोच्च अदालतका रजिष्ट्रार रामकृष्ण तिमिल्सिनाले सचिव बलियो हुनु भनेको मन्त्रीहरूलाई निरीह बनाउनु नभएको बताउनुभयो ।