Sunday, March 16, 2008

KHATAR TARKARI BY GORKHAPATRA

तरकारीमा मूत्यु [ 2064-12-2 ]

विपना पुरी/सदिक्षा लम्साल
तपाईंले खाइरहनु भएको तरकारीले कतै स्वास्थ्यलाई हानि त गरिरहेको छैन - हामीले खाने ९० प्रतिशत तरकारीहरूमा किट्नासक औषधि र रासायनिक मलको प्रयोग गरिएको बताइन्छ । कालीमाटीस्थित ग्रीष्मा बिज भण्डारका मनोज के.सीका अनुसार साइपरम्यार्टस (cypermatrius_) मोहोपल्टोफस (mohopltophus_) दिनहुँ बिक्री हुने किटनासक औषधि हुन् । ओरग्यानो क्लोरिन कम्पाउण्ड डि.डि.टि (organoochlorine compound DDT) ओरग्यानो फोसफोरस कम्पाउण्ड (organophospharus compound) जस्ता विषादी पनि तरकारीमा प्रयोग गरिने उहाँको भनाइ छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. महेन्द्रबहादुर विष्ट भन्छन्­­- "यस्ता किटनासक प्रयोग गरिएको तरकारी खानाले टाउको दुख्ने, रिङ्गटा लाग्ने, जण्डिसलगायतका कलेजोको रोग 'रक्तचाप' हृदयघाट तथा मानिसको मृत्युसमेत हुनसक्छ ।

कीटनासक औषधि तथा रासायनिक मल प्रयोग गरिएको तरकारी एकहप्तादेखि एक्काइस दिनसम्म खान नहुने कुरा ग्रीष्मा बिज भण्डारका मनोज के.सी. बताउँछन् । "एक्काइस दिनसम्म पर्खंदा तरकारी कुहिने डरले पनि एक्काइस दिन हुन नपाउँदै तरकारी बेच्न ल्याउनर्ुपर्छ ।" । कृषक मीरा थापाले बताइन् । यस्ता कीटनासकयुक्त तरकारीले मानव स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने भएकोले अहिले प्राङ्गारिक तरकारी खेती गर्ने क्रम बढ्दै छ । ललितपुरको टौखेलस्थित प|mेस फार्ममा एकवर्षेखि प्राङ्गारिक खेती भइरहेको छ ।

प्राङ्गारिक खेती भनेको रासायनिक मल तथा विषादिरहित खेती हो । बाह्र रोपनी जग्गामा गरिएको उक्त तरकारी खेतीमा अरग्यानिक (organic) मल र जैविक विषादीको मात्र प्रयोग गरिन्छ । NAARC,वागवानी अनुसन्धान महाशाखाका प्राविधिक अधिकृत नवीनगोपाल प्रधान र गोविन्द श्रेष्ठको संयुक्त पहलमा सञ्चालित प|mेस र्फमको रजिस्टर हुन सकेको छैन । यस्ता र्फमको रजिस्टार गर्ने ठाउँ नै नभएको र कुनै कानुन पनि नभएकोले रजिष्टर हुन नसकेको प्रधानले बताए ।

पेस र्फममा मौसमी र बेमौसमी गरेर गाजर, रायो, पालुङ्गो, चमसुर, मेथी, जुकुनी फर्सी सिमी, बोडी, सिम साग आदि तरकारी उत्पादन गर्ने गरिन्छ । प्राङ्गारिक प्रविधिले फलाएको तरकारीको रङ्ग र स्वादमा पनि फरक हुन्छ । स्वास्थ्यका हिसावले यस्ता तरकारी लाभदायक भए पनि अझै यस्ता तरकारीले बजार लिन सकेको छैन र रासायनिक मल र कीटनासक प्रयोग भएको तरकारी भन्दा अलि महङ्गो हुने भएकोले पनि मानिसहरू स्वास्थ्यभन्दा सस्तो हर्ेछन्, त्यसैले बजार लिन गाह्रो छ ।" प्रधान भन्दछन् ।

यस्ता तरकारीहरू रासायनिक मल र कीटनासक औषधिको प्रयोग शून्य हुन्छ । तरकारीलाई किराबाट बचाउन बीउदेखि नै उपचार गरिन्छ । यदि किराहरू अन्य रोग तरकारीमा लागिहालेको खण्डमा जैविक विषादीको प्रयोग गन्छि । जापनिज प्रविधिको सुटोचु, निम झोल, ट्राइको डरमा, सिउडो मोनास आदिजस्ता औषधिको प्रयोग प्राङ्गारिक खेतीमा हुन्छ । यति हुँदाहुँदै पनि प्राङ्गारिक खेतीले बजार भाउ पाउन सकेको छैन । लगानी बढी भएकाले बजार भाउ बढी हुन्छ तर मानिसहरू सस्तैमा झुमिन्छन् । सीप र प्रविधि हुँदाहुँदै पनि बजार भने छैन ।

यस कारण प|mेस फार्मका तरकारीहरूले बजार पाएका छैनन् । यहाँ उत्पादन भएका तरकारीहरु अरग्यानिक भिलेज बालुवाटार र प्रकृति डिपार्टमेन्टल स्टोर सानेपामा बिक्री हुन्छन् । अब प्रधान आफ्नै स्टोर खोल्ने विचारमा हुनुहुन्छ । यस किसिमको खेतीमा लगानी जोखिम मिहेनत बढी पर्छ । आफ्नै लगानीमा चलाएको हुनाले कहिले काहीँ हावाले सबै तरकारी छोपेको प्लासटिक उडाउने, बारह भत्काउने फाइदा नभएकोले कर्मचारीलाई पनि तलब दिन गाह्रो भइरहेको कुरा प्रधानले बताए । "कति मानिसहरुले त मलाई गिज्याउछन्" उनले भने ।

अहिले बजार नपाए पनि दुइ-चार वर्षछि अवश्य यस प्राङ्गारिक खेतीको बजार पाउनेछ भन्ने कुरामा उनी विश्वस्त छन् । प्राङ्गारिक खेति प|mेस र्फममा मात्र नभएर साँखु र अन्य केही ठाउँमा पनि छ । बागवानीकै तीन जना कर्मचारीका साथ जाउलाखेल स्थित "होस्टे हैँसे" भन्ने संस्थाले साँखुमा 'स्कुल टु होम' भन्ने कार्यक्रम सञ्चालन गरेको थियो । यसमा त्यहाँका स्कुले बालबालिका तथा कृषकलाई प्राङ्गारिक खेतीको बारेमा तालिम दिइएको बताइन्छ ।

No comments: