Sunday, March 16, 2008

BY GORAKHA PATRA

चीन विरोधी प्रदर्शनकारीलाई भोलिसम्मको समयसीमा [ 2064-12-3 ]

एपी/बीबीसी
ल्हासा, चैत २ गते । चीनविरुद्ध प्रदर्शन गरिरहेकाहरूलाई तिब्बत सरकारले सोमबारसम्ममा आत्मर्समर्पण गर्न समय तोकेको छ । सोमबार मध्यरातसम्म प्रशासनसमक्ष आत्मर्समर्पण गर्नेहरूमाथि सरकारले नरमपन अख्तियार गर्ने सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन् । बौद्ध भिक्षुहरूले गत सोमबारदेखि यहाँ गरेको चीन विरोधी प्रदर्शनले हिंसात्मक रूप लिएपछि १० जनाको ज्यान गइसकेको छ ।

तिब्बत सरकारले पृथकतावादीहरूको षड्यन्त्र सफल नहुने उल्लेख गर्दै स्थितिलाई नियन्त्रण बाहिर जान नदिने दाबी गरेको छ । शुक्रबार यहाँ भएको गोलि काण्डमा स्थानीय व्यापारीको समेत मृत्यु भएको सरकारी समाचार समिति सिन्हवाले जनाएको छ । केही व्यापारीलाई ज्यूदै जलाइएको प्रत्यक्षदर्शीहरूको भनाई उद्धृत गर्दै सञ्चार माध्यमहरूले जनाएका छन् ।

बेइजिङले उक्त घटनाको निन्दा गर्दै त्यसको जिम्मेवार धार्मिक नेता दलाई लामा भएको आरोपसमेत लगाएको छ । ल्हासामा भएको हिंसात्मक घटनाप्रति पश्चिमी मुलुकहरूले चिन्ता व्यक्त गरेका छन् भने अमेरिकाले संयमतापर्ूवक काम गर्न चीन सरकारसँग आग्रह गरेको छ ।

No comments: