Thursday, March 13, 2008

http://www.mysansar.com/?p=460

BY GORAKHA PATRA
समानुपातिकतर्फा काङ्ग्रेस उम्मेदवारको नाम र्सार्वजनिक [ 2064-12-3 ]
गोरखापत्र समाचारदाताकाठमाडौँ, चैत २ गते । नेपाली काङ्ग्रेसले संविधानसभा सदस्य निर्वाचनमा पार्टी तर्फाट समानुपातिकतर्फनिर्वाचन आयोगमा पेस गरेका ३३५ जनाको नामावली शनिबार र्सार्वजनिक गरेको छ ।समानुपातिकतर्फनेपाली काङ्ग्रेसका सभापति एवं प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालगायत पार्टी अन्य नेताहरू रहनुभएको छ । २०४६ सालको जन आन्दोलनपछि भएको संसदीय निर्वाचनमा मोरङ र सुनसरी जिल्लाका दर्ुइवटा निर्वाचन क्षेत्रबाट उम्मेदवार भई विजयी हुँदै आउनुभएका कोइराला यस पटक प्रत्यक्षतर्फाट उम्मेदवार बन्नुभएन । समानुपातिकमा नाम पर्नुभएका नेताहरूमा बलदेव शर्मा मजगैया, लक्ष्मणप्रसाद घिमिरे, सुनीलकुमार भण्डारी, प्रदीप गिरी, पर्ूण्ाबहादुर खड्का, डा. मीनेन्द्रप्रसाद रिजाल, डा. प्रकाशशरण महत, जीप छिरिरुलामा शर्ेपा, मनमोहन भर्रुाईलगायत रहनुभएको छ । यसैगरी महिलाहरूमा उमा अधिकारी, मीना पाण्डे, महालक्ष्मी अर्याल उपाध्याय, अम्बिका बस्नेत, डा. आरजु राणा देउवा, लीला बोखिम, कान्ता रिजाल, निर्मला प्रर्साई, विष्णु दाहाल लिम्बू, गोमाकुमारी भट्टर्राईलगायत १६७ जना रहनुभएको छ ।पत्रकारहरूमा पुरुषोत्तम बस्नेत, हरिहर विरही, शोभाकर पराजुली, आनन्द सन्तोषी र्राईलगायत हुनुहुन्छ । चर्चित विद्यार्थी नेता गगन थापा, हरिबोल भट्टर्राई, राधेश्याम अधिकारी, श्रीहरि अर्याल, तर्ीथराम डङ्गोल, रूपक राजवंशी, विजय तुलाधर, दिवाकर गोल्छा, प्रतिमा गौतम, कल्याणी रिजाल, मञ्जु खाँण, विष्णुदेवी पुडासैनी, रमा गुरागार्इं, पुण्य वैद्य, राधा घले, कृष्णा अमात्य, धम्मावती गुरुङमा, बुद्धलक्ष्मी बजिमय, हर्रि्रभा श्रेष्ठ खड्गी, यमुना श्रेष्ठ, जीवन डङ्गोल, कौशर साह गरी २२ जना काठमाडौँ जिल्लाबाट समावेश हुनुभएको छ । सबै जातजाति, धर्म र सम्प्रदायका व्यक्ति समावेश गरिएको जनाइएको छ ।

No comments: