Thursday, March 13, 2008

http://www.mysansar.com/?p=160

By http://gorakhapatra.org.np

सचिवले अडान लिनसके ब्रि्रेका मन्त्री पनि सुध्रिने [ 2064-12-2 ]
गोपसकाठमाडौँ, चैत १ गते । शिक्षा तथा खेलकुदमन्त्री प्रदिप नेपालले मन्त्रालयका सचिवहरू बलिया भए मन्त्रीले बेथिति गर्ने आँट नगर्ने बताउनुभएको छ । प्रशासन बलियो भए प्रशासनिक संयन्त्र पनि बलियो हुने बताउँदै उहाँले प्रशासन राजनीतिबाट मुक्त हुनुपर्नेमा समेत जोड दिनुभयो । पत्रकार गोविन्द चौलागाईंद्वारा सम्पादित 'नेपाली प्रशासनले खोजेको नयाँ नेपाल' पुस्तकको शुक्रबार यहाँ र्सार्वजनिक गर्दै उहाँले सचिवहरूले अडान लिनसकेमा ब्रि्रेका मन्त्री पनि सुध्रने बताउनुभयो । सूचना तथा सञ्चार मन्त्रालयका सचिव युवराज पाण्डेले भोलिको प्रशासन कसरी अगाडि बढ्छ भन्ने मार्गचित्रका रूपमा सो पुस्तक आएको बताउनुभयो । सर्वोच्च अदालतका रजिष्ट्रार रामकृष्ण तिमिल्सिनाले सचिव बलियो हुनु भनेको मन्त्रीहरूलाई निरीह बनाउनु नभएको बताउनुभयो ।

No comments: